Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विधान परिमार्जनका लागि माओवादीले गर्यो पाँच सदस्यीय कार्यदलको गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि विधान संशोधनदेखि सदस्यता विवाद मिलाउन नेताहरुलाई जिम्मेबारी बाँडफाँड गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको पार्टी स्थायी कमिटीको बैठकले विधान परिमार्जनका लागि पाँच जनाको समिति गठन गरेको छ । जसमा देव गुरुङ ,पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दशन शर्मा र मातृका यादव रहेका छन्।

पार्टी प्रवक्ता प्रवक्ता कृष्णबहादुर महराका अनुसार २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ । बैठकले केन्द्रीय प्रतिनिधि थप प्रस्ताव तयार गरेर ल्याउने गरि अध्यक्षलाई जिम्मेवारी दिएको छ।

यस्तै, बैठकले राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकेको महराले जानकारी दिए। महराका अनुसार प्रवेश शुल्कको रुपमा महाधिवेशनमा भाग लिने प्रत्येक सदस्यबाट शुल्क लिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077