Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मिथिला क्षेत्रमा सीताराम विवाहपञ्चमी महोत्सव: पहिलो दिन नगरदर्शन गरियो

जनकपुरधाम । मिथिलाञचल क्षेत्रमा आज देखि विधिवत रुपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव शुरु भएको छ ।

विवाहपञ्चमीको पहिलो दिन शुक्रवार जानकी मन्दिरको प्राङ्गनमा जनकपुर नगरदर्शन गरिएको हो । यस विधिको लागि मन्दिरको प्राङ्गन भरिभराउ भएको हो ।
विवाहपञ्चमी महोत्सवको लागि नेपालको विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरु आउन थालेका छन् ।  आउने क्रम जारी रहेको छ ।

मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077