Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इराकमा एक हजारभन्दा बढी मुस्लिमको हत्या भएको खुलासा

एजेन्सी । इराकमा इस्लामिक स्टेट आइएसआइएल समूहले कम्तीमा १ हजार मुस्लिम मारेको खुलासा भएको छ। आइएसले इराकको मोजुल शहरमा कम्तीमा १ हजार मुस्लिमलगायत मानिसको हत्या गरेको बताइएको छ।

संयुक्त राष्ट्रसंघीय अनुसन्धानको टिमद्वारा सार्वजनिक रिपोर्टअनुसार करिब सात वर्षअघि आइएस समूहले कम्तीमा १ हजार मानिसको हत्या गरेको खुलासा गरेको हो।

आइएसआइएलका लडाकुद्वारा सन् २०१४ जुन १० को बिहान मोजुल शहरस्थित बोदुस केन्द्रीय कारागारमा गरेको आक्रमणमा केही मानिसको ज्यान गएको बताइएको थियो। आक्रमणमा परी मृत्यु भएकाहरुलाई सामूहिक चिहानमा गाडिएको थियो।

तर राष्ट्र संघीय सुरक्षा परिषद्का विशेष सल्लाहकार क्रिष्टियन रिस्त्चरले सामूहिक चिहानमा गरेको अनुसन्धानले भने सो समूहले नियोजित ढंगले कम्तीमा १ हजार कैदीको हत्या गरेको फेला पारेको छ। जसमा अधिकांश शिया मुस्लिम समुदायका कैदीहरु रहेको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077