Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बौलाह डाक्टर जसले ओमिक्रोनको डरले गरे श्रीमती र दुई सन्तानको हत्या

एजेन्सी । भारतमा एक डाक्टरले श्रीमती र दुई सन्तानको हत्या गरेका छन्। घटना भारतको उत्तर प्रदेशको कानपुरको हो।

कानपुरमा बस्ने डा. सुशील कुमारले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उनले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेका थिए।

घटनास्थलमा प्रहरी पुग्दा पुग्दा डा. सुशील भागिसकेका थिए। त्यहाँ प्रहरीले एउटा नोट बरामद गरेको छ। जसमा लेखिएको छ, ‘ओमिक्रोनका कारण मैले हत्या गरेँ। अब यिनीहरुको शव गन्नु पर्दैन।’

प्रहरीका अनुसार डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेका हुन्। डा. सुशील डिप्रेशनका बिरामी हुन्। उनले निरन्तर औषधी प्रयोग गर्दै आएको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077