Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रुर आमा : श्रीमानलाई फसाएर फ्लाट कब्जा गर्न ६ वर्षीया छोरीको हत्या गरिन्

एजेन्सी । आमा संसारको सबैभन्दा सुन्दर शब्द। यो शब्द आफैंमा आत्मीय हुन्छ। ममताकी खानी। हरेक मानिसको जीवनमा आमाको विशेष महत्त्व हुन्छ।

तर कोही आमाहरु यति क्रुर पनि हुन्छन् भन्ने एक घटनाले पुष्टि गरेको छ। भारतमा एक महिलाले सम्पत्तिका लागि आफ्नै ६ वर्षीया छोरीको प्राण लिएकी छिन्। यो बर्बर हत्या केही समयअघिको भएपछि यसबारे भने हालै खुलासा भएको हो।

भारतको नोएडा प्रहरीका अनुसार अनुराधा नाम गरेकी महिलाले आफ्नो बच्चाको हत्या गरेर जंगलमा लगेर गाडेकी थिइन्। आफ्नो श्रीमानलाई फसाउनका लागि आफ्नै छोरीको हत्या गरेको प्रहरीसँगको बयानमा ती महिलाले भनेकी छन्।

गत १२ नोभेम्बरमा जंगलबा बच्चाको शव फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा ती बच्चाको नाम र उनका आमा बुबा प्रहरीले फेला पारेका थिए।

प्रहरीका अनुसार अनुराधा र रामकुमारबीच विवाह भएको थियो। उनीहरुको चार जना छोरी थिइन्। रामकुमारले अर्को विवाह गरेपछि दुवै जना कहाँ दुई दुई जना छोरीहरु बस्ने गर्थिन्।

रामकुमारको फ्लाट कब्जा गर्न अनुराधाले आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले हाल घटनाबारे थप अनुसन्धान गरिरहेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077