Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा चुनाव: पूर्वराजा ज्ञानेन्द्र शाहले धोका दिएको कमल थापा पक्षको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमल थापा पक्षले पूर्वराजा ज्ञानेन्द्र शाहले धोका दिएको निष्कर्ष निकालेको छ।

राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा चुनावी परिणामको समिक्षा गर्न बसेको बैठकले सो निष्कर्ष निकालेको हो ।

‘पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गरेको तथ्य साटासाट भयो,’ सहभागी एक नेताले भने, संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने निष्कर्ष निकालिएको छ ।’

यस्तै, बैठकमा उपस्थित उपाध्यक्ष बुद्धिमान तामाङ, निरञ्जन थापालगायतका नेताहरूले भने ‘अप्रत्यासित नतिजा’ले आफूहरु चकित भएको सामान्य प्रतिक्रिया दिएका थिए ।

समीक्षात्मक बैठकमा अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको थियो।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077