Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तासको खालबाट एक महिलासहित ८ पक्राउ

काठमाडौं । तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

कागेश्‍वरी मनोहरा नगरपालिका ४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगरलगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहिले उनीहरुको साथबाट नगद ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास समेत बरामद गरेको जनाएको छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077