Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस बागमती अधिवेशन : दोस्रो चरणको मतदानको मतगणना शुरु, बानियाँ र केसीमा कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ। पहिलो चरणमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि फेरि मतदान भएको हो।

दोस्रो चरणको आइतबार साढे १ बजेबाट सुरु भएको थियो। मतदान साँझ साढे पाँच बजे सम्पन्न भएपछि आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको हो। निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा २०२५ मत खसेको छ।

पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेन दास प्रधान सभापतिको प्रतिस्पर्धामा थिए।

पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणमा साथ दिएका छन्। प्रधानको साथ पाएपछि बानियाँ बलियो भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077