Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस बागमती प्रदेश सभापति : मतगणनामा केसीको अग्रता

काठमाडौं । नेपाली कांग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसीको अग्रता बनाएका छन्।

केसीले २१६ मत पाउँदा इन्द्र बानियाँले १८२ मत पाएका छन्। यस्तै २ मत बदर भएको छ। यसअघि १०० मत गन्दा केसी पछि परेका थिए भने २०० मत गन्दाचाहिँ अग्रता बनाएका थिए।

अहिले काठमाडौंको मतगणना भइरहेकाले केसीले अग्रता बनाएको बताइएको छ।

यसअघि शनिबार भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानियाँबीचबाट सभापति चयन गर्न आइतबार पुनः मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077