Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस बागमती प्रदेश सभापति : मतगणनामा केसीको अग्रता

    कांग्रेस बागमती प्रदेश सभापति : मतगणनामा केसीको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसीको अग्रता बनाएका छन्।

    केसीले २१६ मत पाउँदा इन्द्र बानियाँले १८२ मत पाएका छन्। यस्तै २ मत बदर भएको छ। यसअघि १०० मत गन्दा केसी पछि परेका थिए भने २०० मत गन्दाचाहिँ अग्रता बनाएका थिए।



    अहिले काठमाडौंको मतगणना भइरहेकाले केसीले अग्रता बनाएको बताइएको छ।



    यसअघि शनिबार भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानियाँबीचबाट सभापति चयन गर्न आइतबार पुनः मतदान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार