Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पुनको अग्रता, यस्तो छ मतगणनाको ताजा अवस्था

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको चुनावको मतगणना जारी छ। ताजा अवस्थामा प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन्।

१ हजार ६३१ मत खसेकोमा ७३० को गणनामा पुनले ४०२ मतको अग्रता लिएका छन्। सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ३२४ मत पाएका छन्। पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएको बताइएको छ।

पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी चुनावी मैदानमा छन्।

शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077