Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस बागमती सभापतिमा रोचक प्रतिस्पर्धा, एकाएक उल्टियो अवस्था

काठमाडौं । नेपाली कांग्रेस वागमतीको मत गणनामा सभापतिमा उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ।

दुई नेताबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता भइरहेको छ।

जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका छन् पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत पाएका छन्।

यसअघि केसीले अग्रता लिएका थिए। तर अहिले भने बानियाँ २४ मतले अग्रता कायम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077