Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस बागमती प्रदेश सभापतिमा अग्रता फराकिलो बनाउँदै बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनको मतगणना जारी रहेको छ। हाल देउवा समूहका सभापतिका उम्मेदवार इन्द्र बानियाँले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

पहिलो सय मतगणनामा देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँले अग्रता लिए भने त्यसपछि अर्को सय मत गणना हुँदा पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाए। अहिले १५१० मत गणना हुँदा बानियाँले ८०० मत प्राप्त गरेका छन् भने केसीले ७०१ मत पाएका छन्।

पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि बागमतीमा पुनः मतदान भएको थियो। यहाँ दुईहजार भन्दा धेरै मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077