Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

    कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

    आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०२४ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १३ मत बदर भएको छ ।



    बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रहेको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए ।



    पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गर्न सफल भएका हुन् ।

    बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति पनि हुन् । बानियाँले गृह राज्यमन्त्री बनेर पनि काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार