Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं । ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएको छ। प्रदेश २ बाहेकका प्रदेशमा नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ। प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भए।

सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे। यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन्। बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भए।

बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याए। सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्।

प्रदेश–२ मा भने अधिवेशन महाधिवेशनपछि हुने बताइएको छ। प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077