Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित, लिङ्देन बसे छुट्टै कोठामा

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् ।

पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले पार्टी कार्यालयमा पूजाआजासहित आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् ।

लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए ।

‘कमल थापाका लागि त्यो कुर्सि सुरक्षित राखिएको छ,' उनले भने, 'त्यो कुर्सिमा बस्नका लागि म अध्यक्ष बनेको होइन ।’

उनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त पनि गरेका छन् । अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077