Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रदेश अधिवेशनको नतिजाबारे समीक्षा गर्न पौडेल समूहका नेताहरु छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन्। पार्टीको प्रदेश अधिवेशन सकिएपछि चुनावी नतिजाबारे समीक्षा गर्न जुटेका हुन्।

सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छलफलमा जुटेका हुन्। बैठक केन्द्रीय महाविधेशनका विविध विषयमाथि पनि केन्द्रित हुने बताइएको छ।

त्यस्तै उनीहरुले टिमबाट सभापतिको साझा उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल गर्नेछन्। पौडेल समूहले गण्डकी र लुम्बिनीमा राम्रो वर्चस्व जमाएपनि अन्य चार प्रदेशमा भने हार बेहोरेको छ। प्रदेश अधिवेशनबाट फर्किएका नेताहरू केन्द्रीय महाधिवेशनको साझा उम्मेदवार तय गर्दै रणनीति तय गर्न छलफलमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077