Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

५२ लाखको घोडा उपहार दिने युवकसँगको चुम्बनका कारण जेलमा पुगिन् ज्याकलिन

एजेन्सी । आइतबार बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परिन्। भारतको प्रवर्तन निर्देशालयले मुम्बई विमानस्थलबाट लियन्त्रणमा लिएको थियो।

कारण थियो ज्याकलिन र सुकेश चन्द्रशेखरबीचको सम्बन्ध। सुकेश तीनै व्यक्ति हुन् जसलाई महाठगको रुपमा चिनिन्छ। हाल ज्याकलिन रिहा भएकी छिन्। तर बलिउडमा उनीबारे धेरै प्रतिक्रियाहरु आइरहेका छन्।

चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी यो विवादमा तानिएका हुन्। प्रवर्तन विभागले सुकेशविरुद्ध दुई सय करोड ‘मनी लन्ड्रिङ’विरुद्ध मुद्दा दायर गरेको छ। जसमा सुकेशले ज्याकलिनलाई महँगा महँगा गिफ्ट दिइएको बताइएको छ। प्रवर्तन निर्देशालयका अधिकारीका अनुसार ५२ लाखको घोडा, ९ लाख बराबरको बिरालो र गरगहना ज्याकलिनलाई गिफ्ट दिइएको पाइएको छ।

सुकेशले ज्याकलिनलाई चेन्नई आउनका लागि प्राइवेट जेटको व्यवस्थासमेत गरिदिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन र सुकेशबीच चेन्नईमा मात्र चार पटक भेटघाट भएको थियो। सुकेश र ज्याकलिनको चुम्बन गरिएको तस्बिर केही समयअघि सार्वजनिक भएको थियो। उक्त तस्बिरका कारण पनि ज्याकलिन विवादमा तानिन थालेकी हुन्।

सुकेश चन्द्रशेखर कर्नाटकमा जन्मिएका हुन्। उनले १७ वर्षकै उमेरदेखि अरुलाई ठग्न सुरु गरेको बताइन्छ। उनले ठगीलाई नै आफ्नो पेसा बनाएका थिए। पछि उनी कर्नाटकबाट चेन्नई आएका थिए।

त्यहाँ उनले ठूलाबडा ब्यापारीहरुलाई ठगी–असुली गर्थे। उनले सर्वसाधारणबाट मात्र ७४ करोड ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। महाठगसँग सम्बन्ध राखेको कारण ज्याकलिनको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077