Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यी हुन् कांग्रेस महामन्त्री पदका आकांक्षीहरु, हालसम्म कतिले मुख खोले ?

काठमाडौं । आगामी शुक्रबारबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुँदैछ। हाल ६ वटा प्रदेशको अधिवेशन समाप्त भइ त्यसको नतिजा आइसकेको छ भने प्रदेश २ मा महाधिवेशनपछि मात्र अधिवेशन हुने भएको छ।

महाधिवेशनको सरगर्मी बढेसँगै विभिन्न पदका आकांक्षीहरु छलफलमा जुटिरहेका छन् भने केहीले उम्मेदवारी घोषणा पनि गरेका छन्। कांग्रेस सभापतिमा पुराना पुस्ताका नेताकै नै उम्मेदावर पर्ने पक्कापक्की भएको छ।

महामन्त्री पदमा भने युवा नेताहरुको भिडन्त हुने भएको छ। हाल कांग्रेस नेता नारायणप्रसाद (एनपी) साउद महामन्त्रीको तयारीमा जुटेका छन्। महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्।

सिंहदरबारको पूर्वी गेट नजिकै सम्पर्क कार्यालय खोलेर साउदले महामन्त्री तयारी अगाडि बढाएका हुन्। साउदले औपचारिक रूपमा महामन्त्रीमा उम्मेदवारी घोषणा नगरे पनि उनको सचिवालयले आइतबार महामन्त्रीको उम्मेदवारका रूपमा ब्यानर सार्वजनिक गरेको छ।

संस्थापन पक्षमा सह महामन्त्री प्रकाश शरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र एनपी साउद, प्रवक्ता विश्वप्रकाश शर्मा र रमेश लेखक महामन्त्रीको दौडमा छन्। जसमा शर्माले मात्र औपचारिक रूपमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्।

युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि महामन्त्री बन्ने दौडमा रहेका छन्। कांग्रेसमा एक जना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सह महामन्त्री (क्लस्टर) बाट निर्वाचित भएर आउने व्यवस्था गरेको छ। कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनीत गर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077