Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बोहराटारमा समसाँझमा भयो यस्तो सहमति, देउवालाई ठूलो झट्का दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलाले ४८ घण्टाभित्र साझा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ।

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका प्रत्याशीहरुको बैठकले २ दिनमा सभापतिको साझा उम्मेदवार छान्ने सहमति गरेको हो।

बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सहभागी थिए। बैठकले प्रदेश अधिवेशनको समीक्षा, उम्मेदवारहरुको टुंगोलगायतका विषयमा भोली केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077