Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा क–कसलाई दिइयो निम्तो ?

काठमाडौं । आगामी शुक्रबारबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुँदै। कांग्रेसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुराएको छ।

सरकारको नेतृत्व पनि गरिरहेको कांग्रेसले महाधिवेहनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो गरेको छ। महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले देशी र विदेशी विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको हो।

नेपाली कांग्रेसका नेता प्रकारशरण महतका अनुसार विदेशी पाहुनाहरूको पनि टुंगो लागिसकेको छैन। धेरैलाई निम्तो पठाइएको भए पनि आउने निश्चित नभएको उनले जानकारी दिए।

उनका अनुसार भारतीय जनता पार्टी (बीजेपी) र भारतीय राष्ट्रिय कांग्रेसले आउने सन्देश पठाएका छन्। भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता महाधिवेशनमा आउने बताइएको छ।

कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलहरूलाई महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077