Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चोलेन्द्रलाई महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्चिदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय नसच्चिने बताएका छन्।

मंगलबार नेपाल बार एशोसिएसनको टोलीसँग आफ्नै निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले जबराको राजीनामाबाट मात्रै न्यायालय सुधार नहुने बताए।

‘तपाईंहरुको कुरा थुप्रै जायज छ’ कानुन व्यवसायीहरुलाई ओलले  भने, ‘तर, (प्रधानन्यायाधीशको राजीनामा) प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’

मंगलबार दिँउसो बारका अध्यक्ष शाक्य र नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा अधिवक्ताहरु बार एसोसिएसनको कार्यालयबाट बालकोट गएका थिए। भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोधसहितको ज्ञापनपत्र पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बुझाएका छन्।

बारले जबराले मन्त्रिपरिषद्मा भाग खोजेको, न्यायालयमा विकृति, विसंगति, भ्रष्टाचारजन्य कार्य गरेको आरोप लगाएको छ । त्यस्तै, संवैधानिक परीक्षण गर्न दायर रिटको सुनुवाइमा ढिलाइ, संवैधानिक अंगमा पदाधिकारी नियुक्तिको रिटमा सुनुवाइ नगरी न्यायमा अवरोध गरेको बारको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077