Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संस्थापन इतर पक्षको बैठक: साझा उम्मेदवार तय गर्न कार्यकर्ताको दबाब

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्ष इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा रणनीति तय गर्न बैठक बसिरहेका छन्।

भित्र नेताहरु छलफलमा जुटिरहँदा सभापतिको साझा उम्मेदवार तय गर्न माग गर्दै बाहिरबाट कार्यकर्ताहरुले दबाब दिएका छन्।

संस्थापनइतर निकट कार्यकर्ताहरु चाक्सीबारी पुगेर साझा उम्मेदवार तय गर्न दबाब दिएका हुन् ।

उनीहरुले ‘साझा उम्मेदवारको विकल्प छैन’, ‘एकता मात्रै जितको आधार हो’, ‘नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन्।


बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार बैठकमा बरिष्ठ नेता पौडेलले साझा उम्मेदवारको धारणा तय गरेका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077