Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विवाहपञ्चमी महोत्सव: आज पाँचौं दिन मटकोर विधि सम्पन्न

जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलबार पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।

सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी अन्तर्गत आज (मंगलबार) जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए ।

मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ ।

मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो । सो अवसरमा हजारौँ श्रद्धालुभक्तजनको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।

महोत्सवको छैठौँ दिन स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहिबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077