Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सभापतिको दौडबाट शशांक ब्याक भए, शेखर फन्किए – रामचन्द्र हर्षित, प्रकाशमान मौन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार टुंगो लगाउने प्रयास जारी छ। मंगलबार दिनभर छलफलमा जुटेपनि नेताहरुले सहमति भने गर्न सकेनन्।

सोमबार र मंगलबार बसेको बैठकमा रामचन्दै पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह सहभागी थिए। युवा नेताहरुले पनि उनीहरुलाई साझा उम्मेदवार छान्न दबाब दिइरहेका छन्।

तर बुधबारका लागि डाँकिएको भेलामा नेता शेखर कोइराला सहभागी नहुने भएका छन्। मंगलबार दिनभरी छलफलबाट साझा नाममा सहमति जुटेको र निर्णय बुधबार हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएपनि सो भेलामा सहभागी नहुने नेता कोइरालाले बताएका हुन्।

उनले अनौपचारिक रुपमा आफू बुधबारको भेलामा सहभागी नहुने बताए। वरिष्ठ नेता पौडेलले भेलाबाट निर्णय हुने बताएको बैठकमा नगएपनि निर्णय मान्य हुने वा नहुने भन्ने विषयमा भने उनले केही भनेनन्।

अर्का नेता शशांक कोइराला भने आफू सभापतिको दौडबाट पछि हटेको बताएका छन्। उनले आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहेको बताएका छन्। कुनै पनि स्थितिमा पछि नहट्ने बताउँदै आएका सिंह भने केही मत्थर भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077