Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्सामा २० दिनसम्म बन्धक बनाएर किशोरीको सामूहिक बलात्कार !

वीरगन्ज । पर्सामा एक बलात्कारको घटना सार्वजनिक भएको छ। १८ वर्षीया एक किशोरीले आफैलाई बन्धन बनाएर २ युवकले बलात्कार गरेको आरोप लगाएकी छिन्।

पीडित किशोरी र उनको परिवारदे दिएको जानकारीअनुसार उनलाई २० दिनसम्म बन्धक बनाएर दुई युवकले बलात्कार गरेका हुन्। किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले कुकर्म गरेको आरोप लगाइएको छ।

पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे ट्युसन पढ्न जाने क्रममा किशारीलाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए।

सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक–पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्।

मंसिर १३ गते भने ती किशोरी वीरगन्जबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन्। पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी दर्ता नगरेको पीडित किशोरीका बुबाले बताए। आफूहरुले दवाव दिएपछि भने मङ्गलबार मात्र प्रहरीले जाहेरी दर्ता गरेको उनले बताए।

आर्थिक लेनदेनमा घटना गुपचुप राख्न दबाब आएको पनि पीडित पक्षको आरोप छ। घटनामा संलग्न भनिएका दुई युवकहरु पक्राउ परिसकेका छन्। दुबै युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077