Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बलियो टिम बनाउन देउवा सक्रिय, आफूनिकट आकांक्षीहरुसँग आज छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन्। महाधिवेशन मुखैमा आइपुगेपछि उनले आफ्नो टिम बनाउन नेताहरुसँग कुराकानी गर्न लागेका हुन्।

आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गरी टुंगोमा पुग्ने सोचमा उनी छन्। महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले बुधबार छलफल गर्न लागेका हुन्। ्

बैठक देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने सहमहामन्त्री प्रकाशशरण महतले भजानकारी दिएका छन्। देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए। देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका छन्।

पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ। कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ।

देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन्। संस्थापनइतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजसम्ममा टुंग्याउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077