Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस पौडेल समूहको बैठक बस्दै, सभापतिको साझा उम्मेदवार आजै टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज पनि बस्दैछ। १४ औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा निरन्तर छलफल जारी राखेको सो समूहमा आज उक्त उम्मेदावरको टुंगो लगाउने बताइएको छ।

बैठक बुधबार विहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा बस्दैछ। आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहको तयारी छ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन्। तर नेता प्रकाशमान सिंह र शेखर कोइराला भने पछि नहट्ने अडानमा छन्। मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा नेताहरु सहमतिनजिक पुगेको बताइएको थियो।

शुक्रबारबाट महाधिवेशन शुरु हुँदैछ। तर हालसम्म न संस्थापन पक्षले पदाधिकारीको टुंगो लगाउन सकेको छ न संस्थापन इतर समूहले नै। पार्टी सभापति शेरबहादुर देउवाले पनि आफूनिकट नेताहरुसँग आजै छलफल गर्दैछन्। आकांक्षीहरुको धारणा बुझेर बलियो टिम बनाउने दाउमा उनी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077