Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्ती आक्रमणमा परी क्रिकेट रंगशालाका दुई कर्मचारीको मृत्यु

एजेन्सी । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ ।

रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समाचारका अनुसार हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन् ।

उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो । घटना भएको ठाउँमा पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको समाचारमा उल्लेख छ।

जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।

रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077