Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान, यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने भएको छ । आगामी शुक्रबार सुरु हुने महाधिवेशनको चौंथो तथा अन्तिम दिन मतदान हुने भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार २४ गते बिहानबाट निर्वाचन कार्यक्रम सुरु हुने छ ।

बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामवली प्रकाशन हुनेछ भने २५ गते उम्मदेवारको मनोनयन दर्ता गरिनेछ । मनोनयनपत्र फिर्ता लिनका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छ ।

२७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने छ । कांग्रेसको मतदान मेसिनबाट नभएर मतपत्रमा नै हुने भएको छ । मतदान समाप्त भएपछि सभापति पदको मतगणना थालिने छ । यदि सभापतिको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा तत्काल गरिने समितिले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077