Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस पौडेल समूहको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ। सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासस्वरुप छलफलका लागि बैठक बस्न लागिएको हो।

बैठक बिहान ८ बजे नै शुरु हुने बताइएको छ। पटकपटक छलफल हुँदा पनि इतर समूहबाट सभापतिको एकमात्र उम्मेदवार तयार हुन सकेको छैन। हिजो साँझ बसेको बैठक विना निष्कर्ष सकिएको थियो।

आजको बैठकमा केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिए। कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताएका छन्।

कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकांक्षी छन् । तर शशाङ्कले साझा उम्मेदवार भए आफू पछि हट्न तयार रहेको बताएका छन् ।

पौडेलले पनि साझा उम्मेदवारका लागि त्याग गर्न रहेको रहेको बताउँदै आएका छन्। तर शेखर र प्रकाशमान पछि नहट्ने अडानमा रहेका कारण सहमति नभएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077