Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसमा देउवाको विकल्प खोजेका छौं, हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ: मिनेन्द्र रिजाल

    कांग्रेसमा देउवाको विकल्प खोजेका छौं, हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ: मिनेन्द्र रिजाल

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

    बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै नेता रिजालले पार्टीमा देउवाको विकल्प आवश्यक रहेको भन्दै यसका लागि आफूहरू क्रियाशील रहेको बताए ।



    ‘कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौँ,’ डा रिजालले भने, ‘उहाँको विकल्प चाहिन्छ भन्नेमा छौँ।’



    यस्तै, संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवारबारे पत्रकारहरुको प्रश्नमा उनले सहमतिमै सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरे ।

    ‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ रिजालेले भने, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ।’

    संस्थापनइतरमा सभापतिको आकांक्षीमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला रहेका छन्। यद्यपि कोइरालाद्वयले साझा उम्मेदवारका लागि पौडेललाई समर्थन गर्ने संकेत गरेका छन् तर, सिंहले आफ्नो दाबी छाडेका छैनन्।

    महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार