Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलको रात्रिभोज

    कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलको रात्रिभोज

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 525
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको आयोजना गरेका छन् । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

    रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।



    त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।



    कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

    राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थियो ।

    शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार