Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • खेलाडी तयार गर्न स्थानीयस्तरबाट नै राज्यले विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

    खेलाडी तयार गर्न स्थानीयस्तरबाट नै राज्यले विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 348
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।

    दशरथ रंगशालामा आयोजित १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मङ्गलबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    उनले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरे ।



    देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार