Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नयाँ वर्षको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने – देश निर्माणमा एकजुट हौँ

    नयाँ वर्षको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने – देश निर्माणमा एकजुट हौँ

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 273
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

    नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै उनले देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए ।



    ‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यसअघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु,’ शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।’



    राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन् । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार