Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कतारका अमिरसँग राष्ट्रपति पौडेलको आग्रह – विपिन जोशीको रिहाइका लागि पहल गरिदिनू

    कतारका अमिरसँग राष्ट्रपति पौडेलको आग्रह – विपिन जोशीको रिहाइका लागि पहल गरिदिनू

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 858
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।

    कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेल सो आग्रह गरेका हुन् ।



    राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा अल थानी मङ्गलबार अपरान्ह काठमाडौं आएका छन् ।



    राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाईका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको बताइएको छ ।

    गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी वेपत्ता नै रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार