Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस महाधिवेशनका लागि यी तीन नेताले दिए २५–२५ लाख, अरुले कति दिए ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलीबाट शुरु हुँदैछ। शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कांग्रेसले करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिलाई काठमाडौंमा बिहीबार साँझदेखि मंसिर २७ गतेसम्म बसोबास र खानाको व्यवस्था गरेको छ। बिहान र बेलुकी महाधिवेशन स्थलमै खाना खुवाउने व्यवस्था छ।

महाधिवेशन प्रतिनिधिलाई राख्न ठमेल, सुन्धारा र गौशालामा गरी करिब सयवटा होटल बुकिङ गरिएका छन्। खाना र बसोबासका लागि मात्रै कांग्रेसले साढे ३ करोड रूपैयाँ खर्च लाग्ने बताएको छ।

महाधिवेशन अवधिभर सात करोड रूपैयाँ खर्च लाग्ने कांग्रेस केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिले अनुमान गरेको छ। त्यसैनुसार पैसा जुटाउने कामसमेत भएको छ।

महाधिवेशनका लागि राज्यमन्त्री भइसकेका नेता उमेश श्रेष्ठले २५ लाख, सांसद विनोद चौधरीले २५ लाख र नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशन गर्न खर्च दिएको बताइएको छ।

कुनै नेताले ५० लाखसम्म पनि आर्थिक सहयोग गरेको एक नेताले जानकारी दिए। महाधिवेहनका लागि मन्त्री कार्कीले पनि १० लाख दिएका छन्। त्यसैगरी कांग्रेसको खातामा भने १० करोड रूपैयाँ रहेको प्रतिवेदन सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077