Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्व डिआइजी रमेश खरेलले भोली नयाँ पार्टी गठन गर्ने

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। खरेलले भोली नै नेपाल सुशासन अभियान नामक पार्टी गठन गर्न लागेका हुन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दैै उनले शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टी गठन गर्न लागिएको बताएका छन्। अहिलेसम्म खरेलले नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका थिए।

आज बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उनले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएको जानकारी दिएका छन्।

खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने उद्देश्यले पार्टी गठन गर्न लागिएको विज्ञप्तिमा जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077