Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रामचन्द्र गले, शेखरले चुनावी प्रचार थाले

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बन्ने सम्भावना टर्दै गएको छ। संस्थापन समूहबाट शेरबहादुर देउवा बलियो उम्मेदवारका रुपमा देखिएका बेला एकमात्र उम्मेदवार बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्रयास असफल भएको छ।

नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार थालेका छन्। संस्थापनइतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला विहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एकपटक, यसैपटक’ भन्दै प्रचार अभियान छेडेका छन्।

संस्थापनइतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । साझा उम्मेदवार तय गर्ने विषयमा पटकपटक बसिरहेको उनीहरूको बैठकले अहिलेसम्म निकास निस्केको छैन।

प्रकाशमानले सभापतिमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन्। शेखरले पनि सभापतिको प्रचार थालेका हुन्। लामो दौडधुप गरेका पौडेल अन्ततः गलेका छन्। प्रकाशमान र शेखरबीच कुरा नमिल्दा पौडेलको योजना सफल हुन सकेन। सभापतिबाट ब्याक भएका शशांक यतिबेला मौन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077