Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

‘शशांक इज ब्याक’

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारबाट ब्याक भएका शशांक पुनः रेसमा फर्किएका छन्। आफूले साझा उम्मेदवारका लागि त्याग गर्न तयार रहेपनि त्यसो हुन नसकेपछि उनी सभापतिको दौडमा फर्किएका हुन्।

पछिल्लो जानकारीअनुसार संस्थापनइतर समूहबाट सशांकलाई साझा उम्मेदवार बनाउन केही केन्द्रीय सदस्यहरुले फेरि पहल सुरु गरेका छन्। उनले आफ्नै निवासमा युवा नेताहरुसँग कुरा गर्दै आफू पछि हटिनसकेको सन्देश दिएका छन्।

यसअघि शशांकले रामचन्द्र पौडेलको आग्रहमा सहमतिका लागि दावी छोडेको बताएका थिए। अहिले पनि सहमति जुटाउन कांग्रेसका नेताहरु विभित्र स्थानमा फरक फरक ढंगले छलफलमा छन्।

२४ गतेबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसमा संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार टुंगो लगाउन नेता कार्यकर्ताहरुले दबाव दिएपनि सहमति जुट्ने सम्भावना भने कम हुँदै गएको छ। सो समूहबाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा दावी गर्दै आएका छन्।

संस्थापन समूहबाट सभापतिको दाबेदार शेरबहादुर देउवा बलियो उम्मेदवार हुन्। पौडेलले देउवालाई टक्कर दिन एकमात्र उम्मेदवार बनाउने ठूलो प्रयास गरे। तर उनी सफल भएनन्। प्रकाशमान र शेखरबीच कुरा नमिल्दा संस्थापन इतर एक हुने सम्भावना कम भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077