Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमालेपछि कांग्रेसको महाधिवेशन मञ्च चर्चामा, कति लागतमा बन्यो ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन यही शुक्रबारबाट शुरु हुँदैछ। महाधिवेशन मुखैमा आएपछि नेताहरुको दौडधुप एकाएक बढेको छ।

संस्थापन समूह पदाधिकारीका उम्मेदवारहरुको टुंगो लगाउन छलफलमा जुटेको छ भने संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवार बनाउने कसरतमा छ।
एमालेको महाधिवेशनको समयमा मञ्च निकै चर्चामा रहेको थियो। यसपटक कांग्रेसको महाधिवेशनको मञ्च पनि चर्चाबाट अछुतो भने रहेन।

नेपाली कांग्रेसको महाधिवेशनका लागि पनि लगभग त्यतिकै खर्च भएको बुझिएको छ। कांग्रेसले महाधिवेशन खर्च कार्यकर्ताबाट नउठाई नेताहरुसँग नै आर्थिक सहयोग मागी जुटाएको छ।

नेपाली कांग्रेसको आसन्न १४औं राष्ट्रिय महाधिवेशनको मञ्च बनाउने जिम्मा लिएका रोशन आर्ट सर्भिसका मालिक रोशन जैसवालका अनुसार महाधिवेशन उद्घाटनको यो मञ्च ४० लाख रूपैयाँमा ठेक्का लगाइएको हो। उनी भन्छन्, ‘अहिले सम्म लगभग सबै गरेर चानचुन ४० लाखको हिसाब पुग्दैछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077