Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस महाधिवेशन : ५ हजार प्रहरी र तालिमप्राप्त कुकुर परिचालित, एआईजी पालले सम्हाल्दै छन् सुरक्षा कमाण्ड

काठमाडौं । शुक्रबारबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन शुरु हुँदैछ। दिउँसो १ बने काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुनेछ।

पार्टीको नयाँ नेतृत्व चयन गर्नका लागि देशैभरबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरु संघीय राजधानी ओर्लिएका छन्। कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ। भृकुटीमण्डपमा शुक्रबार हुने उद्घाटनसत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुनेछन्।

एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन्। महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ। पाहुना तथा प्रतिनिधि बसेका होटल, विशिष्ट पाहुनाको मुभमेन्ट हुने स्थानसम्ममा विशेष सुरक्षा योजना लागू गरिएको छ।

तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएका छन्। काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन्। कार्यक्रममा हेडक्वाटरबाट थप १ हजार प्रहरीसमेत खटिने एआईजी पालले बताए। विभिन्न शाखाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्चार्जलगायत सबै सुरक्षा निकायका प्रमुखको पनि निगरानी रहनेछ।

त्यस्तै सुरक्षाका लागी स्थानीय प्रहरीले गस्ति गर्ने, शंकास्पद स्थानमा निगरानी गर्ने, भित्री सुरक्षाको लागी प्रहरी परिचालन गरिएको बताए। कार्यक्रम स्थलको मेन गेटमा इन्टल गर्ने, डग स्निग्नीङ, सिसिटिभीबाट समेत निगरानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077