Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन्।

कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता रिजालले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।

'अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ', रिजालले भने । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए ।

यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको रिजालको भनाइ छ ।

'सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु', रिजालले भने । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077