Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: प्रचण्ड, माधवलगायतका नेताहरुको सहभागिता, केपी ओली अझैं आएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रममा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुना आउने क्रम चलिरहेको छ।

कार्यक्रममा सहभागी जनाउन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

यस्तै, भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् ।

तर, कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने गएका छैनन्। तर, यसअघि प्रधानमन्त्री देउवा कांग्रेसको नेतृत्व गर्दै एमालेको महाधिवेशनमा

काठमाडौँदेखि चितवनसम्म गएका थिए। कतिपयले भने ओली नआउनुलाई प्रचण्ड र नेपालको उपस्थितिलाई अड्कल गरेका छन्।

महाधिवेशन २७ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077