Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवाको निम्तोमा भृकुटीमण्डप पुगेका महन्थ ठाकुरले केपी ओलीलाई दिए धन्यवाद !

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले कांग्रेसलाई महाधिवेशन सुखद रुपमा सम्पन्न गर्न शुभकामना ब्यक्त गरेका छन्।

शुक्रबार अपरान्ह महाधिवेशनपछिको औपचारिक सम्बोधनका क्रममा अध्यक्ष ठाकुरले महाधिवेशनको शुभकामना ब्यक्त गरेका हुन्।

अध्यक्ष ठाकुरले सम्बोधनका क्रममा आफ्नो पार्टीले उठाउदै आएको मधेशवादीहरुको मुद्धालाई नभुल्न आग्रह पनि गरे । अध्यक्ष ठाकुरले कुनै पनि आन्दोलन र क्रान्तिलाई दबाएर शान्ति नहुने समेत गरेका छन्।

कार्यक्रममा टिकापुर काण्डमा मुछिएका रेशम चौधरीको स्मरण गर्दै एमाले अध्यक्ष केपी ओलीलाई १३९ जनालाई रिहा गरेकोमा धन्यवाद समेत दिए ।

उनले आफूहरुको माग सम्बोधन नभए सडकमा उत्रने र त्यो आन्दोलन ज्वालामुखी जस्तै विस्फोट हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077