Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसलाई सम्झाउन जान्छु भन्दै आएका ओलीले भने- अर्काको एजेण्डा बोकेर नहिड्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

यसअघि ओलीले प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी भएका ओलीले त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए।

अध्यक्ष ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताए ।

देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077