Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • लोकतन्त्रको रक्षाका लागि कांग्रेसले व्यवहार र शैलीमा परिवर्तन गर्नुपर्छ: नेता सिटौला

    लोकतन्त्रको रक्षाका लागि कांग्रेसले व्यवहार र शैलीमा परिवर्तन गर्नुपर्छ: नेता सिटौला

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् ।



    यसका लागि नेतृत्व बलियो बन्नुपर्ने सिटौलाको भनाइ छ । नेता सिटौलाले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे ।



    पूर्वमहामन्त्री सिटौलाले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार