Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसलाई एक ढिक्का बनाउन प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्नुस्: बिजय गच्छदार

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिंदै उपसभापति गच्छदारले प्रतिनिधिहरूलाई नेतृत्व चुन्दा आफ्नो विवेक प्रयोग गर्न समेत आग्रह गरे।

‘कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक छ, सम्बोधनका क्रममा गच्छदारले भने, 'प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्नुस् ।’

सम्बोधनमा निकै लामो समय बोलेका गच्छदारले बिगतका महाधिवेशनको स्मरण समेत गर्दै आफू कांग्रेसभित्र मेलमिलाप र सहमतिको वातावरण बनाउन लागि परेको बताए।

यस्तै, उनले पार्टीभित्र प्रतिस्पर्धा भन्दा प्रतिशोधको राजनीति भएको भन्दै चिन्ता समेत व्यक्त गरे। आफूले बिगतका वर्षहरुमा नेतालाई मिल्न गरेको आग्रह नमान्दा देशमा कम्युनिष्टले जितेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077