Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युवालाई झोला बोकाउने मात्र होइन, उचित स्थान पनि दिनुपर्छ: विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसमा युवाहरूलाई पनि उचित स्थान दिनुपर्ने बताएका छन्।

शुक्रबार पार्टीको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै निधिले युवालाई झोला मात्र बोकाउने नभई अभिभावकीय भूमिकासमेत दिनुपर्ने बताए ।

'आज ५० प्रतिशत युवा छन् । झोला बोक्ने मात्र नभई अभिभावकीय भूमिका दिँदै युवालाई नेतृत्वमा स्थान दिनुपर्छ,' उपसभापति निधिले भने।

कुनै पनि शक्तिले देशको शान्ति र स्थिरताका लागि काम गर्न नसकेको उपसभापति निधिको भनाइ छ ।

महाधिवेशनमा निधिले पनि नेतृत्वमा आफ्नो घोषणा गरेका छन् । तर, निधिले आफू सर्वसम्मत नेतृत्वको पक्षमा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077