Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीबाट देश जोगाए, अब कांग्रेस जोगाउन मलाई जिताउनुस्: सभापति देउवा

    ओलीबाट देश जोगाए, अब कांग्रेस जोगाउन मलाई जिताउनुस्: सभापति देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताले एमाले अध्यक्ष केपी ओलीको शासनबाट मुक्ति पाएको छन् ।

    शुक्रबार साँझ १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री समेत रहेका देउवाले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।



    कार्यक्रममा छोटो सम्बोधन गरेका सभापति देउवाले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।



    ‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु,’ देउवाले  भने ।

    सभापति देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडलले जाडोका कारण सम्बोधन गर्न पनि नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार